दफा १२३
तलब भत्ता कटौती
(१) सजायको आदेश कार्यान्वयन गर्ने प्रयोजनको लागि देहाय
बमोजिमको अवस्थामा अधिकृतको तलब भत्ता देहाय बमोजिम कट्टा गरिनेछ ः-
(क) कमाण्डिङ्ग अधिकृतलाई दिएको स्पष्टीकरण सन्तोषजनक भई नेपाल सरकारबाट स्वीकृत भएमा बाहेक गयल भएको दिनको  तलब भत्ता,
(ख) कुनै सैनिक वा अन्य अदालत वा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले दिएको सजायको आदेश बमोजिम हिरासतमा रहेको वा ड्यूटीबाट निलम्बन भएको बेलाको तलब भत्ता,
(ग) गैरकानुनी रूपमा कसैको तलब रोकेको वा दिन इन्कार  गरेकोमा दिनु पर्ने ठहरिन आएको रकम,
(घ) सैनिक अदालत वा विभागीय सजायको आदेश दिन पाउने  अधिकारीले सजायको आदेश दिँदा हुन गएको खर्च पूर्ति गर्न  चाहिने रकम,
(ङ) सैनिक अदालत वा विभागीय सजायको आदेश दिन पाउने  अधिकारीले दिएको सजायको आदेश बमोजिम जफत गर्ने वा  रोक्ने भनी आदेश दिएको सबै तलब भत्ता,
(च) सैनिक अदालत वा दफा ६६ बमोजिम अन्य कुनै अदालतबाट  गरिएको जरिवाना बापतको रकम,
(छ) कुनै अधिकृतको लापरवाही वा गल्तीले नेपाल सरकार वा नेपाली सेनाको निजी सम्पत्ति चोरी वा हानि नोक्सानी भएको भनी रीतपूर्वकको तहकिकातबाट देखिन आएमा त्यस्तो सम्पति पूर्ति गर्न चाहिने रकम,
(ज) कुनै अधिकृत शत्रुसँग मिल्न गएको वा शत्रुको कब्जामा रहेको बेलामा शत्रुको सेवा गरी बसेको वा शत्रुको आदेश अन्तर्गत वा अरू तवरले शत्रुलाई सहायता गरेको वा अघिबाटै उचित सावधानी नगरी जानी जानी आफ्नो कर्तव्य पालनमा लापरवाही गरी शत्रुको कैदी भएको वा शत्रुको कैदी भएपछि पनि फिर्ता आउन सक्ने अवस्था हुँदाहुँदै आफ्नो पक्षमा नआएको भन्ने प्रधान सेनापतिले खडा गरेको कोर्ट अप् इन्क्वायरीबाट ठहर भई नेपाल सरकारको आदेशले जफत भएको सबै तलब भत्ता रकम,
(झ) आफ्नो पत्नी र छोरा छोरीको पालन पोषणको लागि नेपाल सरकारको आदेशले दिनुपर्ने रकम वा त्यस्ता छोराछोरीको पालन
पोषणको लागि नेपाल सरकारले दिई राखेको रकम, (२) उपदफा (१) को व्यवस्थाको अधीनमा रही यस ऐनको क्षेत्राधिकारभित्र पर्ने
अधिकृत वाहेक अरू व्यक्तिको तलब भत्ता रकमबाट देहाय वमोजिम कटौती गर्न  सकिनेछ ः-
(क) गयल वा भगुवा वा युद्धबन्दी भए वा सैनिक वा अन्य अदालत वा विभागीय सजायको आदेश दिन पाउने अधिकृतले कैद गरेबापत वा सैनिक अदालत वा त्यस्तो अधिकृतले रणभूमि सजाय गरेबापत गयल भएको प्रत्येक दिनको तलब भत्ता र कुनै अभियोगमा थुनिएकोमा पछि सैनिक अदालत वा अन्य अदालतबाट दोषी सावित भै त्यस्तो थुनामा रहेको अवधिको प्रत्येक दिनको तलब भत्ता रकम,
(ख) सैनिक वा अन्य अदालत वा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले दोषी ठहराएको कसुरको अभियोगमा अघि हिरासतमा भएको वा निलम्वन भएको बखतको तलब भत्ता रकम,
(ग) यस ऐन अन्तर्गत कसुर ठहरिने काम गरेबाट विरामी भएको भनी चिकित्सकले परीक्षण गरी प्रमाणपत्र दिएमा त्यसरी विरामी भई अस्पताल वसेको प्रत्येक दिनको तलब भत्ता रकम,
(घ) दुराचार वा लापरवाहीबाट विरामी हुन गएको भनी चिकित्सकले परीक्षण गरी प्रमाणपत्र दिएमा त्यसरी बिरामी भई अस्पतालमा
बसेको प्रत्येक दिनको नेपाल सरकारले तोकेको वा नेपाल सरकारद्वारा अधिकार प्राप्त कुनै अधिकृतले तोकेको रकम,
(ङ) सैनिक अदालत वा विभागीय सजायको आदेश दिन पाउने अधिकारीबाट जफत गर्ने वा रोक्ने भनी आदेश भएको तलब भत्ता रकम,
(च) शत्रुले युद्धबन्दीकोरूपमा राखेको वा शत्रुको कब्जामा रहेको बखत आफ्नो आचरणका कारण सेवाबाट बरखास्त गरिएको मितिले शत्रुबाट छुटाइएको मितिसम्मको प्रत्येक दिनको तलब भत्ता रकम,
(छ) नेपाल सरकारको कुनै घर वा सम्पत्तिको हानि नोक्सानी वा नाश गरे, हराए वा अनावश्यक रूपमा कुनै खर्च गराएको भनी आफ्नो कमाण्डिङ्ग अधिकृतले ठहयाएमा त्यस्तो पूर्ति गर्न चाहिने रकम,
(ज) सैनिक अदालत वा अन्य अदालत वा दफा ६६, १०५ वा १०७ बमोजिम अधिकार प्रयोग गर्ने कुनै अधिकारीबाट गरिएको जरिवाना तिर्न चाहिने रकम,
(झ) आफ्नो पत्नी र छोराछोरीको पालन पोषणको लागि नेपाल रकारको आदेशले दिनुपर्ने रकम वा त्यस्ता छोराछोरीको पालन पोषणको लागि नेपाल सरकारले दिइराखेको रकम ।